Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले अध्यक्ष ओलीसँग विप्लव र प्रकाण्डले गरे भेटवार्ता

    एमाले अध्यक्ष ओलीसँग विप्लव र प्रकाण्डले गरे भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 471
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित भेटवार्ता गरेका छन् ।

    उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो । विप्लव माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र नेकपा सहभागी रहेको समाजवादी मोर्चाको संयोजक हुन्।



    उनी गत फाल्गुण ६ संयोजक चयन भएका हुन्। नेकपा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने, संक्रमणकालीन न्याय लगायतका समसामयिक राजनीतिक विषयमा छलफल गर्न उनी गएका हुन्।



    चार/चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्हालेका मोर्चाको संयोजक थिए।

    नयाँ सत्ता समिकरण बनेसँग वामपन्थीको एकता गर्नुपर्ने भन्दै दलहरुबीच छलफल चलिरहेको छ। छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

    पछिल्लाे समय कम्युनिष्ट घटकबीच एकताकाे सम्भावनासम्बन्धी चर्चाबीच याे भेटलाई अर्थपूर्णरूपमा लिइएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार