Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एसपी बढुवामा नेताका पिएसओहरु हावी हुँदा पहिलो नम्बरका डीएसपी नै छुटे

    एसपी बढुवामा नेताका पिएसओहरु हावी हुँदा पहिलो नम्बरका डीएसपी नै छुटे

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 13.7K
    SHARES

    काठमाडौं । करिब ६ महिना लामो रस्साकस्सीपछि नेपाल प्रहरीमा रिक्त एसपी पदमा बढुवा सिफारिस भएको छ । तर, वरियतामा पहिलो नम्बरमा रहेका डीएसपी नै छुटेका छन् भने पिएसओहरु हावी भएका छन् ।

    बुधबार बेलुका बढुवा समितिले ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलीया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरेको बढुवा सिफारिस गरेको हो । बढुवामा १२ जना डिएसपी प्रतिस्पर्धामा थिए ।



    प्रतिस्पर्धीमध्ये प्रदीप क्षेत्री, नारायण रंजितकार, अनन्त शर्मा र एकनाराण कोइराला छुटेका छन् । १२ औं नम्बरमा रहेका बिनोद घिमिरे बढुवा हुँदा पहिलो नम्बरमा रहेका प्रदीप क्षेत्री छुटेपछि बढुवाको निष्पक्षतामाथि प्रश्न उठेको छ ।



    घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपिएसओ हुन् । बढुवा महिनौं रोकिनुको एउटा कारण उनी पनि थिए । छैंटौं नम्बरका नारायण रंजितकार पनि छुटेका छन् । सन्तोष तामाङ र राजन लिम्बु केपी ओलीका पूर्वपिएसओ हुन् ।

    रवि लामिछाने गृहमन्त्री भएपछि भएको यो पहिलो बढुवा हो । बढुवामा विगतमा झै पहुँचवालाहरु नै हावी भएपनि लामिछानेमाथि समेत प्रश्न उठेको छ ।

    बढुवा सिफारिस भएका वरियताअनुसार पहिलो नम्बरमा प्रदीप क्षेत्री, दोस्रोमा अंगुर जिसी, तेस्रोमा ढकेन्द्र खतिवडा थिए । खतिवडाको पहिलो र जिसीको दोस्रो नम्बरमा बढुवा सिफारिस भएको छ ।

    त्यसपछिको बरियतामा यादब ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट,राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे थिए ।

    एसपीका दुइ प्राविधिक दरबन्दी प्रशासनतर्फ स्थानान्तरण गरी बढुवा गर्ने प्रयास भएपनि त्यो सफल हुन नसकेपछि आठ पदमै बढुवा भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार