Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रहरीको प्राविधिकतर्फका चारजना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस

    प्रहरीको प्राविधिकतर्फका चारजना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्राविधिकतर्फको डीएसपी पदमा चारजना इन्स्पेक्टर बढुवा सिफारिस भएका छन् ।

    बढुवा समितिको बुधबारको बैठकले प्राविधिकको विभिन्न उपसमूहतर्फका चारजना इन्स्पेक्टरलाई बढुवाका लागि सिफारिस गरेको हो ।



    बढुवा सिफारिस हुनेमा स्वास्थ्य उपसमूह नर्सिङतर्फकी लक्ष्मी थापा, ईन्जिजियरिङ्ग उपसमूह, आवास तथा भौतिक ईन्जिजियरिङ्गतर्फका नितिन लाखे, केनाईन उपसमूहतर्फका चेत नारायण ज्ञवाली र हातहतियार उपसमूहतर्फका सोम प्रसाद पंगेनी रहेका छन् ।



    साथै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङ्गतर्फकी डीएसपी कमला लामालाई सो उपसमूहको एसपी पदमा बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार