Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै बन्धक बनाएको आरोपमा अहमद पक्राउ

    बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै बन्धक बनाएको आरोपमा अहमद पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 240
    SHARES

    काठमाडौं । बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका छन् । उनलाई काठमाडौं महानगरपालिका–९ सिनामङ्गलबाट बिहीवार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।



    पक्राउ परेका बङ्गलादेशी नागरिकहरूलाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने विश्वास दिलाई बङ्गलादेशबाट नेपाल ल्याइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    साथै उनीहरूलाई काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा राखी पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाइराखेका थिए ।

    पक्राउ परेका बङ्गलालाई अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार