Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • युक्रेनको ऊर्जा केन्द्रमा रुसको भिषण आक्रमण, विनाश डरलाग्दो

    युक्रेनको ऊर्जा केन्द्रमा रुसको भिषण आक्रमण, विनाश डरलाग्दो

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 492
    SHARES

    एजेन्सी । युक्रेनका ऊर्जा केन्द्रलाई निशाना बनाउने क्रममा रुसले किएभनजिकैको ट्रिपिलिया पावर प्लान्टमा भिषण हमला गरेको छ ।

    ऊर्जा कम्पनी सेन्ट्रेनिग्रोका निर्देशक एन्ड्रिय होटाका अनुसार स्थानीय समयअनुसार बिहीबार बिहान भएको हवाई आक्रमणमा ट्रान्सफर्मर, टर्बाइन, जेनेरेटर पूर्ण रुपमा ध्वस्त भएका छन् ।



    उनले ऊर्जा केन्द्रको विनाश डरलाग्दो रहेको बताए । यो युक्रेनका ३ वटा क्षेत्र झाइतोमिर, चेर्कासी र किएभमा विद्युत उपलब्ध गराउने ठूलो पावर प्लान्ट हो ।



    यो पावर प्लान्ट किएभबाट ५० किलोमिटर दक्षिणमा पर्छ । आक्रमणका बेला कार्यरत कर्मचारी भने सुरक्षित भाग्न सफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार