Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • क्रिप्टोमार्फत गैर कानूनी कारोबार गरेको आरोपमा दुईजना पक्राउ

    क्रिप्टोमार्फत गैर कानूनी कारोबार गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 441
    SHARES

    बाँके । क्रिप्टो मार्फत गैर कानूनी कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

    गैर कानूनी रुपमा विदेशी मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोवार गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका-१८ भाटभटेनी नजिकबाट कारोवारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।



    प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा नेपालगन्ज उपमहानगरपालिका-२० का अमृत वर्मा र जानकी गाउँपालिका-१ का रियाज खाँलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।



    वर्मा र खाँले विनान्स/विटगेट मार्फत यूएसडिटी (क्रिप्टो करेन्सी) को अबैध कारोबार गरि सो बापत दैनिक अन्दाजी एक करोड रुपैयाँसम्मको अबैध कारोबार गरेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

    पक्राउ परेकालाई बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार