Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • रुसले गरेको आक्रमणमा अहिलेसम्म झण्डै ३७ हजार जना बेपत्ता

    रुसले गरेको आक्रमणमा अहिलेसम्म झण्डै ३७ हजार जना बेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, ५ बैशाख २०८१
  • 480
    SHARES

    एजेन्सी । रूसले युक्रेनमा आक्रमण सुरु गरेयता सैनिकसहित झण्डै ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेका दाबी गरिएको छ ।

    रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले बेपत्ताको यकिन सङ्ख्या पुष्टि गर्न निक्कै कठिन रहेको युक्रेनको दाबी छ ।



    तर बालबालिका, सर्वसाधारण र सेना गरी झण्डै ३७ हजार जना बेपत्ता भएका र यो सङ्ख्या अझै धेरै हुन सक्ने युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताए ।



    मानव अधिकारवादी समूहले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार