Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • खाम पक्षबाट सुरक्षा थ्रेट भएको भन्दै रामहरिकी पत्नीले भेटिन् गृहमन्त्रीलाई

    खाम पक्षबाट सुरक्षा थ्रेट भएको भन्दै रामहरिकी पत्नीले भेटिन् गृहमन्त्रीलाई

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 369
    SHARES

    काठमाडौं । हत्या गरिएका कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको भन्दै गृहमन्त्रीसँग भेट गरेकी छन् ।

    बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर रमिलाले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएकी हुन् ।



    हत्याको १६ वर्षपछि आरोपी, जनमुक्ति सेनाका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका थिए ।



    खाम जेल चलान भएपछि उनी पक्षबाट आफूमाथि सुरक्षा थ्रेट भएको रमिलाको दाबी छ ।

    जवाफमा गृहमन्त्री लामिछानेले सुरक्षाको जिम्मा सरकारले लिने भन्दै प्रक्रियाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार