Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इरानमा अमेरिकाको ‘ठूलो सैन्य कारबाही’ जारी रहेको ट्रम्पको दाबी

इरानमा अमेरिकाको ‘ठूलो सैन्य कारबाही’ जारी रहेको ट्रम्पको दाबी

मंगलवार , फाल्गुण १९, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनले खडा गरेका खतरालाई अन्त्य गर्न अमेरिका इरानविरुद्ध व्यापक सैन्य अभियानमा संलग्न रहेको बताएका छन्।

ह्वाइट हाउसबाट जारी सम्बोधनमा ट्रम्पले इरानले पटक–पटक दिएको अमेरिकी चेतावनी बेवास्ता गरेको र आफ्नो आणविक कार्यक्रम रोक्न अस्वीकार गरेको आरोप लगाए।

उनले इरानको क्षेप्यास्त्र कार्यक्रमलाई आणविक हतियार विकासको सुरक्षात्मक आवरणका रूपमा चित्रण गर्दै यसले मध्यपूर्व र अमेरिकी जनताको सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको दाबी गरे।

राष्ट्रपति ट्रम्पका अनुसार इरानविरुद्धको कारबाही “यो खतरालाई रोक्ने अन्तिम र सबैभन्दा उत्तम अवसर” हो। उनले युद्ध सुरु गर्ने निर्णय सहज नभएको तर इरानी शासनले उत्पन्न गरेको “असह्य जोखिम” हटाउन आवश्यक भएको बताए।

ट्रम्पले अभियानका मुख्य उद्देश्य स्पष्ट गर्दै भने, 'इरानलाई कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नदिने, उनीहरूको लामो दूरीका क्षेप्यास्त्र क्षमता नष्ट गर्ने र नौसैनिक संरचना कमजोर पार्ने हाम्रो प्राथमिकता हो।'

अमेरिकी राष्ट्रपतिले इरानले आफ्नो सीमाबाहिर सक्रिय रहेका सशस्त्र समूहहरूलाई हतियार, आर्थिक सहयोग र निर्देशन दिने गतिविधि जारी राख्न नसक्ने दाबी गरे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077