Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तुरुन्त इराक छोड्न आफ्ना नागरिकलाई अमेरिकाको चेतावनी

तुरुन्त इराक छोड्न आफ्ना नागरिकलाई अमेरिकाको चेतावनी

आइतवार , चैत्र १, २०८२

एजेन्सी । इराकस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई तुरुन्त इराक छाड्न आग्रह गरेको छ । दूतावासले एक्समार्फत इराकमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्त देश छोड्न चेतावनी दिएको हो ।

शनिबार बिहान इराकको बगदादस्थित अमेरिकी दूतावासको भवनमा मिसाइल प्रहार भएको थियो । 

अमेरिकी दूतावासले त्यहीँ बस्ने सोच बनाइरहेका जो कोहीलाई पनि आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

'इरान र उसका सहयोगी आतंकवादी मिलिसियाहरूले इराकमा सार्वजनिक सुरक्षाका लागि ठूलो खतरा खडा गरेका छन् । अमेरिकी नागरिक, अमेरिकी हित र महत्त्वपूर्ण पूर्वाधारविरुद्ध आक्रमणहरू भएका छन्,' दूतावासले एक्समा लेखेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077