Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • राष्ट्रपतिको सम्बोधन सच्चियो, भनिनन् – ‘मेरो सरकार’

    राष्ट्रपतिको सम्बोधन सच्चियो, भनिनन् – ‘मेरो सरकार’

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 2.8K
    SHARES

    काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदकाे दुवै सनदलाइ सम्बाेधन गर्ने क्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गत वर्ष गरेको सम्बोधनमा केही फेर बदल गरेर सच्याएकी छन्।

    गत वर्ष संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’ भनेकी थिइन्। तर शुक्रबार आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपतिले मेरो सरकार भनेकी छैनन्। उनले ‘वर्तमान सरकार’, ‘यो सरकार’ र ‘नेपाल सरकार’ भनेर सम्बोधन गरेकी छन्।



    गत वर्ष संवैधानिक राष्ट्रपतिले मेरो सरकार भनेको भन्दै प्रमुख प्रतपक्षी दलले विरोध गरेको थियो। त्यस्तै राष्ट्रपतिको शैली राजाको जस्तै भएको भन्दै सार्वजनिक आलोचना भएको थियो।



    आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अहिले राष्ट्रपति भण्डारीबाट प्रस्तुत भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार