Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • कोरोना प्रभावित उद्योगलाई सहुलियत प्रदान गर्ने

    कोरोना प्रभावित उद्योगलाई सहुलियत प्रदान गर्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण प्रभावित उद्योगहरुले सहुलियत पाउने घोषणा गरेकी 5न् ।

    आर्थिक वर्ष २०७७/७८ को कोरोनाका कारण प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दिने नीति तथा कार्यक्रममा उल्लेख छ । औद्योगिक कार्यहरु सुचारु गर्दै अर्थतन्त्रलाई गति दिने तथा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाईने राष्ट्रपति भण्डारीद्वारा घोषणा भएको नीति तथा कार्यक्रमा उल्लेख छ ।



    यस्तै देशभित्र रहेका खनिज तथा पेट्रोलियम पदार्थको उत्खनन्मा जोड दिईने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।



    समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न कोरोना महामारीका कारण परेको सामाजिक र आर्थिक प्रतिकुलतालाई विशेष ध्यान दिदै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएकाे हाे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार