Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • मोदीलाई चुनाैती दिंदै भाजपाका नेताले भने–भारतले नेपालको भावनामाथि चोट पुर्यायो

    मोदीलाई चुनाैती दिंदै भाजपाका नेताले भने–भारतले नेपालको भावनामाथि चोट पुर्यायो

    अनलाइन नेपाल
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले नेपालले भारतको भूमिमा दावी गर्ने कुरा सोच्न पनि नसकिने भन्दै भारतले नेपालीहरुको भावनामा चोट पुर्‍याएको बताएका छन् ।

    संसदबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा सर्वसम्मत पारित भएको भोलिपल्ट अर्थात आज(आइतबार) भाजपाका वरिष्ठ नेता स्वामीले भारतको विदेश नीतिमाथि प्रश्न उठाएका हुन्।



    नेपाल र भारतबीच कालापानीमा देखिएको पछिल्लो विवादलाई लिएर उनले भारतको विदेश नीति पुनरावलोकन गर्नुपर्ने बताएका हुन् ।



    स्वामीले एक ट्वीट गर्दै भनेको छन्–‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्न सक्छ ? के कुराले उनीहरूको भावनालाई चोट पुर्‍याएको छ ? जसका कारण भारतसँग सम्बन्ध तोड्न चाहन्छन् श्र के यो हाम्रो असफलता होइन ? विदेश नीतिलाई पुनरावलोकनसहित फेरि स्थापित गर्न आवश्यक छ।’

    हिजै मात्र भारतको विदेश मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नेपालले संसदबाट पारित गरेको नयाँ नक्सालाई कृतिम विस्तारको संज्ञ दिएको थियो ।

    नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर संविधान संशोधनमार्फत संसदबाट सर्वसम्मत रुपमा उक्त नयाँ नक्सा पारित गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार