Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सरकार भन्छ-उपत्यकाभित्र समुदायस्तरमा कोरोना संक्रमण भेटिएन

    सरकार भन्छ-उपत्यकाभित्र समुदायस्तरमा कोरोना संक्रमण भेटिएन

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको निष्कर्ष निकालेको छ ।

    हालै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका भिडभाड हुने विभिन्न स्थानबाट संकलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा ३ जनामा मात्र संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।



    उनका अनुसार ती तीन जनामध्ये दुई जना हालै विदेशबाट फर्किएका र एक जना व्यूटी पार्लर व्यवसायमा संलग्न व्यक्ति हुन् ।



    ‘आजको नतिजाले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण देखिएको छैन भन्ने तथ्यलाई प्रष्ट पारेको छ, अन्य विभिन्न तथ्य र प्रमाणले पनि समुदायस्तरमा संक्रमण फैलिएको कुरालाई पुष्टि गर्न कहिँ कतै सहयोग गरेको पाइएको छैन’ उनले भने ।

    समुदायस्तरको परीक्षणमा तीन जनामा देखिएको संक्रमणले भीडबाट जोगिनुपर्ने सन्देश दिएको डा. गौतमको भनाइ छ । ‘सम्बन्धित व्यक्तिको सावधानी र होसियारीले आफू र अरुलाई कोरोनाबाट जोगाउन अझ बल दिन्छ’ उनले भने ।

    संक्रमणको जोखिम अझै रहेको र कोरोना महामारीको भन्दा पहिलेको अवस्थामा फर्किन समय लाग्ने वा त्यस्तो अवस्था नआउन पनि सक्ने डा. गौतमले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार