Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भदौ १६ गतेबाट नियमित हवाई उडान, तालिका बनाउने जिम्मा पर्यटन मन्त्रालयलाई

    भदौ १६ गतेबाट नियमित हवाई उडान, तालिका बनाउने जिम्मा पर्यटन मन्त्रालयलाई

    अनलाइन नेपाल
  • शुक्रबार, ५ भाद्र २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सरकारले पीसीआर गर्न सहज भएका देशबाट भदौ १६ गतेदेखी नियमित रुपमा हवाई उडान गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नियमित हवाई उडानको तालिका बनाउन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मा दिएको छ ।

    सरकारले मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन अनुमति प्रदान गरेको सरकारका प्रवक्ता मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।



    पीसीआर गर्न गाह्रो भएका मुलुकहरु कतार, साउदी अरबलगायतका मुलुकबाट नेपाल आउने नेपालीहरुलाई भने चार्टर उडानबाट मात्रै ल्याउन पाउने निर्णय गरेको छ । सरकारले पीसीआर गरेका व्यक्ति र नगरेको व्यक्तिलाई एउटै विमानबाट ल्याउन नपाउने निर्णय पनि गरेको छ । त्यसरी यात्रु ल्याएको सबै यात्रुलाई होटलको क्वारेन्टाइनमा राख्दा लाग्ने खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने र त्यस्ता विमानलाई मन्त्रालयले कारबाही गर्ने पनि निर्णय गरेको छ ।



    तर, नेपालमा आउँदा ७२ घण्टाअगाडि पीसीआर गरेको र नेगेटिभ भएको रिपोर्ट देखाउनुपर्ने छ । सात दिन काठमाडौंमा होटल क्‍वारेन्टिनमा बस्‍नुपर्नेछ । त्यसपछि १४ दिन घरमै सेल्फ क्‍वारेन्टिनमा बस्‍ने लिखित प्रतिबद्धता जनाउनुपर्ने र त्यसको अनुगमन स्थानीय निकायले गर्ने सरकारले निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार