Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • धरानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    धरानमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ६ भाद्र २०७७
  • 2.2K
    SHARES

    धरान — धरानमा कोरोना संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । धरान उपहानगरपालिका वडा नम्बर १५ का ६७ वर्षीय पुरुषको शनिबार बिहान साढे ११ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले मृतक उच्च ज्वरो, खोकी र श्वासप्रश्वासको समस्यासहित साउन २७ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना भएको बताए ।



    धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार यसअघि धरान तीनकुनेस्थित प्रिती भल्व उद्योगमा कार्यरत संक्रमित कर्मचारीहरुको सम्पर्कमा आएकामध्ये मृतक पनि एक हुन् । कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा मृतक पुरुषमा पनि कोरोना पुष्टि भएको मेहताले बताए।



    योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि धरान–१५ कै एक वृद्धाको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार