Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वीरगञ्ज महानगरका मेयर सरावगीका पिताको कोरोना संक्रमणबाट ग्राण्डी अस्पतालमा मृत्यु

    वीरगञ्ज महानगरका मेयर सरावगीका पिताको कोरोना संक्रमणबाट ग्राण्डी अस्पतालमा मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ भाद्र २०७७
  • 3K
    SHARES

    काठमाडौं, १५ भदौ । काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतालमा वीरगञ्ज महानगरका मेयर विजय सरावगीका पिताको कोरोना संक्रमणबाट ज्यान गएकाे छ। मेयर विजय सरावगीका पिता चिरञ्जीवीलाल सरावगीकाे ज्यान गएकाे हाे।

    ७८ वर्षिय मृतक चिरञ्जीवीलाल कोरोना भाइरस कोभिड १९ बाट संक्रमित थिए । मुटु र मृगौलोको जटिल समस्या देखिएपछि उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो ।



    केही दिनअघि उनका छोरा तथा महानगरका मेयर सरावगी समेत कोरोना संक्रमित बन्न पुगेका थिए । ग्राण्डीमा उपचाररत उनको गएराती १२ बजेर ५ मिनेटमा निधन भएको सरावगीका प्रेस संयोजक गोविन्द देवकोटाले जनाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार