Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौंमा १५७० सहित उपत्यकामा थपिए १८ सय ७८ कोरोना संक्रमित

    काठमाडौंमा १५७० सहित उपत्यकामा थपिए १८ सय ७८ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १ हजार ८७८ जना संक्रमित थपिएका छन् ।



    यस्तै नेपालमा आज थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको मन्त्रालयले जनाएको छ ।



    यसैबीच बितेको २४ घण्टामा ३ हजार ८४४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार