Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १ हजार ३९८ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १ हजार ३९८ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ३९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भएको छ ।



    त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् भने ६९ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २७६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।



    काठमाडौंमा ११ हजार ३५९ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७३० र ललितपुरमा एक हजार ८९१ जना होम आइसोलेसनमा रहेका छन् ।

    यस्तै नेपालमा आज थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ३ हजार ४३० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार