Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए १४२० काेराेना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १४२० काेराेना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ४२० जना काेराेना संक्रमित थपिएका छन् ।

    बितेको २४ घण्टामा थपिएका काेराेना संक्रमित मध्ये ६०३ जना महिला र ८१७ जना पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै नेपालमा आज थप २ हजार ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा ८५३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको छ ।

    यस्तै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप २२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ४८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार