Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कारागारबाट कोरोना पाेजिटिभ कैदी फरार

    कारागारबाट कोरोना पाेजिटिभ कैदी फरार

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 3.8K
    SHARES

    बझाङ । बझाङकाे जिल्ला कारागारबाट एकजना कोरोना भाइरस पाेजिटिभ कैदी फरार भएका छन् । छविस पाथिभेरा गाउँपालिका- ५ का प्रवीण धामी फरार भएका हुन् ।

    बुधबार जिल्लाको सदरमुकाम चैनपुरमा रहेको कारागारबाट उनी फरार भएका हुन् ।



    बझाङ कारागारका जेलर झलक रोकायाले राष्ट्रिय सार्वजनिक सम्पदाविरुद्धको कसुरमा सजाय भोगिरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेसन कक्षबाट फरार भएकाे जानकारी दिए ।



    उनका अनुसार धामीलाई कोरोना पजिटिभ देखिएकाेले कारागारको आइसोलेसन कक्षमा राखिएको थियो । उनी १८ कात्तिकमा पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार