Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • काठमाडौंमा ९७६ सहित उपत्यकामा थपिए १२ सय ६१ कोरोना संक्रमित

    काठमाडौंमा ९७६ सहित उपत्यकामा थपिए १२ सय ६१ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २६ कार्तिक २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार २६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    बुधबार गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा पछिल्लाे २४ घण्टामा थप १ हजार २ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।



    यस्तै नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार ६६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार