Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • शुक्रबार काठमाडाैं उपत्यकामा थपिए १२ सय ७ कोरोना संक्रमित

    शुक्रबार काठमाडाैं उपत्यकामा थपिए १२ सय ७ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 3.6K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।



    संक्रमित हुनेमा ५२६ महिला र ६८१ पुरुष रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० गरी १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो ।



    यस्तै शुक्रबार देशभर थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ३ हजार ५३७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार