Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १ हजार १०७ काेराेना संक्रमित

    २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १ हजार १०७ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ तथा ललितपुरमा १ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।



    यस्तै नेपालमा शुक्रबार थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १६ हजार ९६५ पुगेको मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ५ हजार ३६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार