Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेप्से ७२.२८ अंकले बढ्यो

    नेप्से ७२.२८ अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक कारोबारको ७२.२८ अंकले बढेको छ ।

    आज ११ बजे १९३२.११ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आइपुग्दाँ ७२.२८ अंकले बढेर २००४.३९ को बिन्दुमा पुगेको छ ।



    तीन बजेसम्म आइपुग्दाँ नेप्से परिसुचक ३.७४ प्रतिशतले बढेको हो । यस्तै कारोबारमा आएका १२ उपसमुहमध्ये सबै उपसमुहमा हरियाली छाएको छ ।



    त्यसैगरी आज कारोबारमा आएका २०६ कम्पनीको १ करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर ६० हजार ५५ पटक खरिद विक्री हुदाँ ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यस्तै कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले ६ लाख ८६ हजार ८६० कित्ता शेयर ६ हजार ९४० पटक खरिद विक्री हुदाँ १ अर्ब ५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार गरी उच्च स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार