Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए ४ सय ९६ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ४ सय ९६ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २४ मंसिर २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा २१४ महिला र २८८ पुरुष गरी ४९६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ५ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।



    हालसम्म काठमाडौंमा मात्र ९१ हजार ५७७ जना संक्रमित भएका छन्, जसमध्ये ४२८ जनाको मृत्यु भएको छ। हालसम्म ८६ हजार ३६८  जना निको भएका छन्।



    ललितपुरमा १४ हजार ९२ जना संक्रमित भएका छन्। जसमा १२८ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार २४ जना निको भएका छन्।

    भक्तपुरमा ८ हजार ३३६ संक्रमितमध्ये ९६ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ७८७ जना निको भएका छन्। आज काठमाडौमा ४ हजार ७८१, ललितपुरम ९४० र भक्तपुरमा ४५३ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार