Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • पूर्वसभामुख महरालाई स्थायी कमिटीमा लैजाने नेकपाकाे निर्णय

    पूर्वसभामुख महरालाई स्थायी कमिटीमा लैजाने नेकपाकाे निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ५ पुष २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेकाे छ ।

    आइतबार साँझ बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटी सदस्यमा मनाेनयन गर्ने र केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।



    आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ।



    महरा माथि संसद सचिवालयकै एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिनुपर्ने अवस्था बनेको थियो । उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार