Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिआईबीद्वारा प्रहरीको खरीदमा ठगी गरेको अभियोगमा दुई ठेकेदार पक्राउ

    सिआईबीद्वारा प्रहरीको खरीदमा ठगी गरेको अभियोगमा दुई ठेकेदार पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १३ पुष २०७७
  • 3.3K
    SHARES

    काठमाडौं। प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो(सिआईबी)ले प्रहरीको उलन कपडाको पाइन्ट खरीदमा ठगी गरेको अभियोगमा दुई जना ठेकेदारलाई पक्राउ गरेको छ।

    सिआईबीले क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिक संचालक पर्सा वीरगंज उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय पिताम्बर कुमार मुन्का र कम्पनीका प्रतिनिधि चितवन माडी नगरपालिका वडा नम्बर ८ घर भएका ४६ वर्षीय नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको हो।



    सिआईबीका प्रमुख डीआइजी सहकुल थापाका अनुसार आर्थिक वर्ष २०७३ र ७४मा उलन पाइन्टको कपडा बीस हजार मीटर खरीद गर्न बोलपत्र आह्वान गरिएकोमा क्राउन टेक्सटाइल्सले प्रति मिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको कर बाहेकमा दुई करोड़ सोह्र लाख चालिस हजार खरीद गर्ने सम्झौता गरेको थियो ।



    तर,सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयबाट  क्राउन प्रतिनिधी नरेन्द्रनाथ पौडेललाई साछी राखेर राखी नमूना निकाली परीक्षण गर्न साउन ३० गते भारत पठाइयो ।

    तर, दुईदिनपछि टेक्सटाइल्सका पौडेलले  भारतको सोही ल्याबमा आफूखुशी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरेकाले पक्राउ गरी ठगीमा अनुसन्धान थालिएको  डीआइजी थापाले जानकारी दिए।

         सिआईबीले दिएको विवरण  यस्तो छ

    नेपाल प्रहरीलाई आवश्यक उलन पाईन्टको कपडा २०,००० (बीस हजार) मीटर खरिद गर्न आ.व. २०७३/०७४ सालमा संकेत नं. PHQ/NCB/G/20/073/074 को बोलपत्र आव्हान गरिएकोमा प्राप्त बोलपत्रहरु मध्ये न्यूनतम मूल्यांकित सारभूतरुपमा प्रभावग्राही बोलपत्रदाता क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रा. लि. बहुअरी, वीरगंजबाट प्रति मिटरको रु. १,०८२/०० का दरले २० हजार मीटरको मु. अ. कर बाहेकमा जम्मा रु. २,१६,४०,०००/०० ( दुई करोड सोह्र लाख चालिस हजार ) मात्र खरिद गर्ने निर्णय भई उक्त फर्म र प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालय, नक्साल, काठमाण्डौ बीच भएको सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयबाट सम्बन्धित आपूर्ति कर्ता फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रा.लि. का प्रतिनिधी नरेन्द्र नाथ पौडेललाई रोहवरमा राखी नमूना निकाली परीक्षण गर्न मिति २०७७।०४।३० ( 14 August, 2020) गते SGS Chennai, India  पठाए पश्चात मिति २०७७।०४।३२ (16 August , 2020 ) गते उक्त फर्म क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रा. लि. का प्रतिनिधि नरेन्द्र नाथ पौडेलले नेपाल प्रहरी संगठनको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाईल नं. तथा  ईमेल ठेगाना समेत उल्लेख गरी DHL मार्फत सोही ल्याव SGS Chennai, India  मा आफू खुशी दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरी आफूलाई फाईदा पुर्याउने कार्य गरेको मुलुकी अपराध संहिता,२०७४ को ठगी अन्तर्गतको कसूरको अनुसन्धानको सिलसिलामा उक्त कार्यमा संलग्न क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रा. लि. का संचालक जिल्ला पर्सा, वीरगंज उपमहानगरपालिका, वडा नं ५ बस्ने वर्ष ५५ को पिताम्बर कुमार मुन्का र उक्त प्रा. लि. का आधिकारिक प्रतिनिधि जिल्ला चितवन, साविक अयोध्यापुरी गा.वि.स., वडा नं. ५ हाल माडी नगरपालिका, वडा नं. ८ घर भई हाल काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं २९, घट्टेकुलो, पाथिभरा मार्ग बस्ने वर्ष ४६ को नरेन्द्र नाथ पौडेललाई पक्राउ गरी अनुसन्धान गर्न सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०७७/०९/१२ गते पक्राउ अनुमति प्राप्त गरी मिति २०७७/०९/१२ गते नरेन्द्र नाथ पौडेललाई काठमाण्डौबाट र मिति २०७७/०९/१२ गते क्राउन टेक्सटाईल्स ईण्डष्ट्रिज प्रा. लि. का संचालक पिताम्बर कुमार मुन्कालाई वीरगंज, पर्साबाट पक्राउ गरी सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न मिति २०७७/०९/१३ गते म्याद थप गरी यस व्यूरोको हिरासतमा राखी अनुसन्धान कार्य भई रहेको  व्यहोरा  सूचित गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार