Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 3K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरले जबरजस्ती करणीको आरोपमा भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० कमलविनायकका ३१ वर्षीय विकास तज रहेका छन् ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार सोही ठाउँमा डेरा गरी बस्ने सर्लाही स्थायी घर भएकी १९ वर्षीय किशोरीलाई कोठामा एक्लै भएको मौका छोपेर जबरजस्ती करणी गरेको उजुरी परेपछि विकासलाई पक्राउ गरिएको हो ।



    सामान्य चिनजान भएका विकासले डर धाक धम्की दिई बोल्न कराउन नदिई माघ १० गते दिउँसो ३ बजेको समयमा आफूलाई जबरजस्ती करणी गरेर फरार भएको किटानी जाहेरी प्रहरी समक्ष किशोरीले दिएकी थिइन् ।



    सोही आधारमा शुक्रबार उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार