Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रपति भण्डारीद्वारा पोर्चुगलका राष्ट्रपतिलाई बधाई

    राष्ट्रपति भण्डारीद्वारा पोर्चुगलका राष्ट्रपतिलाई बधाई

    अनलाइन नेपाल
  • आइतबार, १८ माघ २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पोर्चुगलका राष्ट्रपतिमा मार्केलो रिबेलो डि सौसा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीले पोर्चुगाली राष्ट्रपतिलाई आज बधाई सन्देश पठाएर पोर्चुगलको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरिन् ।



    नेपाल र पोर्चुगलबीच विद्यमान जनस्तरको निकट सम्बन्धमा जोड दिँदै उनले भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग अझ विस्तार हुने विश्वास सन्देशमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चमा पोर्चुगलसँग निकटमा रहेर नेपाल सरकारले सहकार्य गर्न चाहेको सूचना पनि राष्ट्रपति भण्डारीले सन्देशमार्फत सम्प्रेषण गरिन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार