Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिडिओ सरुवामा आर्थिक चलखेल, न्यौपानेका कारण कारण राष्ट्रपतिको बदनाम !

    सिडिओ सरुवामा आर्थिक चलखेल, न्यौपानेका कारण कारण राष्ट्रपतिको बदनाम !

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 5.5K
    SHARES

    काठमाडौं। गम्भीर अपराधका मुद्दाका कैदीलाई छाडिएकोमा यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना भइरहेको छ ।

    आलोचना हुनुपर्नै त गृह मन्त्रालयको हो । जसले कैदी छुटाउन सरकारसमक्ष नाम सिफारिस गर्छ । गृह मन्त्रालयले गरेको सिफारिसअनुसार राष्ट्रपतिबाट निर्णय हुन्छ । कैदीलाई छुटाउन गृह मन्त्रालयमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ । यसको डिजाइनर गृहसचिव महेश्वर न्यौपाने हुन् ।



    गृहमा उनी सरूवा भएको पनि एक वर्ष भईसकेको छ । यो एक वर्षको अवधि इतिहासमै मन्त्रालयमा सबैभन्दा धेरै बेथिति बढेको छ । । मन्त्रालयका हरेक जसो निणयमा आथिक चलखेल हुने गरेको स्रोत वताउँछ ।



    कतिसम्म भने हालै प्रजातन्त्र दिवसको अवसरमा कैदी छाड्दा समेत चलखेल भएको छ । पैसा बुझाउनेलाई छाडिएको छ भने, अन्यको हकमा कानूनले दिएको सुविधा समेत दिइएको छैन । केही दलालमार्फत यसरी कैदीसँग पैसा उठाइएको थियो ।

    जुन कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलदेखि गृहसचिवसम्म सेटिङ गरिएको थियो । विभागले कानूनअनुसार पाउने सुविधा अनुसारको कैदीहरुको सूची बनाएर मन्त्रालय पठाएको थियो ।

    तर, पैसा नबुझाउनेहरूको नाम सूचिबाट हटाईएको थियो । बरू चलखेलकै आधारमा फरार रहेकालाई समेत आममाफी दिइएको छ । जसको कारण राष्ट्रपतिलाई विवादमा तानिएको छ ।

    यसपटक गृहबाट कैदी छाड्न कतिसम्म चलखेल भयो भने गोप्य रूपमा कायविधि समेत संशोधन भयो । जसमा करोडौं जरिवाना तिर्न नसकेका तथा जेलबाट भागेकालाई समेत छाड्न लागिएको थियो ।

    गृहबाटै विरोध भएपछि यससम्बन्धी चलखेल रोकिएको थियो । तर, बहुविवाह मुद्दाका कैदीलाई भने कानून संशोधन गरेर छाडिएको छ । उनीहरुबाट पनि मोटो रकम उठाइएको छ ।

    त्यस्तै हाल सिडिओ सरूवाको तयारी गरी पैसा उठाउने काम भइरहेको छ । राजनीतीक प्रतिशोधका आधारमा अवधि नै नपुगेका सिडिओलाई समेत हटाउन लागिएको छ ।

    सचिव न्यौपानेकै कारण मन्त्रालयका हरेक क्षेत्रमा भ्रष्टाचार बढेको कर्मचारीहरु बताउँछन् । सचिव न्यौपाने विवादास्पद नेता महेश बस्नेतमार्फत सेटिङ मिलाउने गरेको गृह स्रोतले बताएको छ,आजको दृष्‍टि साप्ताहिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार