Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • महिलालाई जिउँदै पुरेर डोजर चालक फरार

    महिलालाई जिउँदै पुरेर डोजर चालक फरार

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 3.2K
    SHARES

    धादिङ। डोजरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् ।

    जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा-१ सल्यानटारको खोल्सीमा सडक निर्माणका क्रममा डोजरले घाँस बोकेर घरतर्फ आउँदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।



    ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । डोजर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।



    काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘डोजरले मान्छे पुर्‍यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए ।

    ‘शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ,’ सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब–इन्स्पेक्टर भानुभक्त आचार्यले भने । शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

    घटनापछि उत्तेजित स्थानीयले उक्त डोजरमा ढुंगामुढा र आगजनी गरेको थियो ।

    फरार चालकको खोजी भइरहेको धादिङ प्रहरी प्रमुख महेन्द्र खड्काले बताएका छन्  ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार