Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ओलीले भने – मलाई मधेस पस्न रोकेपनि पानी चाहिँ नरोक्नू

    ओलीले भने – मलाई मधेस पस्न रोकेपनि पानी चाहिँ नरोक्नू

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    सिन्धुली। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मधेस विरोधी भनेर रोकेपनि मधेसको लागि पानी भने नरोक्न आग्रह गरेका छन्।

    बिहीबार सिन्धुलीमा सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मानिसहरूले आफूलाई मधेसविरोधी भने पनि मधेसका खेतमा पानी पसाउने कामको शुभारम्भ आफूले गरेको बताए ।



    मञ्चमा रहेका प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउततर्फ फर्किदै ‘मधेसमा केपी ओलीलाई पस्न नदिए हुन्छ, तर पानी पस्न नरोक्नु होला’, ओलीले भने ।



    फरक प्रशंगमा प्रधानमन्त्री ओलीले ‘अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गएको र सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको प्रष्ट पारे।

    समारोहमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अहिलेको राजनीतिबारे केही चिन्ता रहेपनि चिन्ता नगर्न आग्रह समेत गरे । उनले मुलुकलाई समृद्ध बनाउन पार्टी एकता गरेपनि अहिले आएर केही समस्या भएपनि केही फरक नपर्ने बताए । ओलीले गायक जीवन शर्मालाई सम्झिदै उनले गाएको गीत ‘पिलो निचोरिँदैमा वजन घट्दैन’ भन्दै ‘पिलोहरू निचिरिएर उछिट्टिएर जान्छन्, केही फरक पर्दैन,’ ओलीले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार