Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नारी दिवसको अवसरमा सांग्रिलाद्धारा नारी बचत खाताको शुरुवात

    नारी दिवसको अवसरमा सांग्रिलाद्धारा नारी बचत खाताको शुरुवात

    अनलाइन नेपाल
  • सोमबार, २४ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाताको सुरुवात गरेको छ ।

    १८ वर्षको उमेर नाघेका महिलाहरुलाई उच्च ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि यो सुविधा ल्याइएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



    बैंकका अनुसार नारी बचत खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी गरिने छ भने लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।



    त्यसैगरी बैंकले पहिलो वर्षका लागि मोबाइल बैकिंग तथा भिजा डेबिट कार्ड सुविधा निःशुल्क गरेको जनाएको छ ।

    देशभर सञ्चालित ९५ वटै शाखाबाट यो सुविधान लिन सकिने पनि बैंकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार