Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न लेखा समितिको सरकारलाई निर्देशन

    डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न लेखा समितिको सरकारलाई निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

    आइतबार बसेको समितिको बैठकले १० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको उपसमितिको प्रतिवेदन पास गर्दै एक महिनाभित्र कानुन अनुसार असुल गर्न निर्देशन दिएको हो ।



    लेखा समिति सदस्य तथा कांग्रेस नेता मिनेन्द्र रिजालको नेतृत्वमा रहेको उपसमितिले लेखा समितिलाई कुल १० अर्ब १४ करोड ८ लाख बक्यौता रहेको प्रतिवेदन बुझाएको थियो ।



    यसअघि बिहीवार सिंहदरबारमा बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकले काठमाडौं–तराई फास्ट ट्र्याको सुरुङ र पुल निर्माण सम्बन्धी दुई प्याकेजमध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार