Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • त्रिकोणात्मक सिरिज : नेपालद्वारा नेदरल्याण्डलाई २०७ रनको फराकिलो लक्ष्य

    त्रिकोणात्मक सिरिज : नेपालद्वारा नेदरल्याण्डलाई २०७ रनको फराकिलो लक्ष्य

    निर्मल बाबु लामिछाने
  • मंगलबार, ७ बैशाख २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    निर्मल बाबु लामिछाने/ काठमाडौं । काठमाडौमा जारि त्रिकोणात्मक टी-२० सिरिज क्रिकेटमा आज घरेलु टोली नेपालले नेदरल्याण्डलाई २०७ रनको फराकिलो लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो।



    यसअघिका दुवै खेलमा गतिलो प्रदर्शन गरेका आशिफ सेख आजको गेममा खाता नै नखोली आउट भएपनि अर्का ओपनर कुशल भुर्तेल (६२) र दिपेन्द्रसिंह ऐरीको (६०) उत्कृष्ट पारिमा रनको योगफल जोड्न सफल भएको हो।



    नेपालका लागि अन्य ब्याट्सम्यानहरु कप्तान ज्ञानेन्द्र मल्लले २०, सोमपाल कामी २१ र  कुशल मल्लले १८ रनको योगदान गर्दा अन्यले खासै गतिलो प्रदर्शन गर्न भने सकेनन्।

    नेदरल्याण्डका लागि बलर पिटरले सर्वाधिक ३ तथा भिबिन किन्ग्माले २ विकेट लिए ।

    डबल राउण्ड रोबिनको आधारमा खेलिने भएकाले नेपालले आज दोस्रोपटक नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।

    आजको खेल फाइनल पुग्नका निम्ति दुवै टीमका लागि निर्णायक हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार