Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पार्टी एकताका बिषयमा सहमति भएको छैन, भ्रममा नपरौं : माधव नेपाल

    पार्टी एकताका बिषयमा सहमति भएको छैन, भ्रममा नपरौं : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेसम्म पार्टी एकता सम्बन्धी कुनै सहमति नभएको उल्लेख गरेका छन्।

    पछिल्लो समय पार्टीका शीर्ष नेताहरुले पार्टीलाई सुदृढ र एकतावद्ध गर्न निरन्तर छलफल गरेको भएपनि नेता नेपालले अहिलेसम्म कुनै सहमति नभएको उल्लेख गरेका हुन्।



    विहीबार पार्टीका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटवार्ता र फोन संबादलाई लिएर पार्टी एकता भयो भन्ने भ्रममा नपर्न कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन्।



    आज बिहान सामाजिक सञ्जालमार्फत् पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले हामीले निर्माण अग्रेको पार्टीमा हामी एकता चाहन्छौं, हामी वार्ता र लचकता अपनाउछौं तर ओलीले गरेको एकलौटी निर्णय फिर्ता लिनुपर्ने बताएका छन्।

    २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो भन्दै बरिष्ठ नेता नेपालले सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान समेत गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार