Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बार्सिलोना र लेभान्तेबीचको खेल बराबरी

    बार्सिलोना र लेभान्तेबीचको खेल बराबरी

    अनलाइन नेपाल
  • बुधबार, २९ बैशाख २०७८
  • 1.7K
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलअन्तर्गत बार्सिलोना र लेभान्तेबीचको खेल बराबरीमा रोकिएको छ ।

    मंगलबार राति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ गोलको बराबरीमा रोकिएको हो ।



    पहिलो हाफमा लियोनल मेस्सी र पेड्रो गोन्जालेज लोपेजले एक एक गोल गरेर बार्सिलोनालाई २–० गोलको अग्रता दिलाए ।



    दोस्रो हाफमा सो अग्रता कायम हुन सकेन । लेभान्तेका गोन्जालो मेलेरो र जोसे लुइज मोरालेसले गोल गरेर खेल २–२ को बराबरीमा ल्याए ।

    खेलको ६४ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गरी पुनः बार्सिलोनालाई अग्रता दिलाए । खेलको ८३ औँ मिनेटमा लेभान्तेका सर्जिओ लिअनले बराबरी गोल गरे ।

    बराबरीसंगै दोस्रो स्थानको बार्सिलेनाको दुई खेल बाँकी छंदा ७६ अंक भएको छ । तीन खेल खेल्न बाँकी रहेको शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ७७ र तेस्रो स्थानको रियल मड्रिडको ७५ अंक छ ।

    ला लिगा अन्तर्गत मंगलबार राति भएका अन्य अन्य खेलमा ओसासुनाले काडिजलाई ३–२ गोलले र एलाभेसले एल्चीलाई २–० गोलले पराजित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार