Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धविराम अस्वीकार, गाजामा आक्रमण जारी रहने घोषणा

    इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धविराम अस्वीकार, गाजामा आक्रमण जारी रहने घोषणा

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 6.1K
    SHARES

    एजेन्सी। आइतवारको अन्तर्राष्ट्रिय युद्धविराम प्रयासलाई अस्वीकार गर्दै  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले  हमास बिरूद्धको सैनिक अभियान ‘पूर्ण शक्तिका साथ’ जारी रहने वताएका छन् ।

    इस्लामिक राष्ट्रहरूको संगठन इस्लामिक को-अपरेसन’ (ओआईसी) ले आइतबारको एक आपतकालीन बैठकमा प्यालेस्टाइनमा भएका आक्रमणको लागि इजरायलको आलोचना गरेको थियो। इजरायलले  प्यालेस्टाइन जनता र इस्लामिक संसारको भावनामा ठेस पुर्याएको भन्दै युद्धविराम नगरे भयानक नतिजा भोग्नुपर्ने ओआईसीले चेतावनी दिएको थियो ।



    आइतबार इजरायलको सुरक्षा क्याबिनेटको बैठकमा उनले भने, ‘आतंकवादी संगठनहरू विरुद्धको हाम्रो अभियान पूर्ण शक्तिका साथ जारी रहनेछ। हामी अझै पनि कारबाही गरिरहेका छौं र जबसम्म इजरायलका नागरिकहरूले शान्तिको महसुस गर्दैनन हामी त्यसो गर्छौं। यसले समय लिने छ। ‘



    नेतान्याहूले  इजरायल ‘आक्रमणकर्ता’ बाट ठ्याक्कै मूल्य लिन र उनीहरूलाई विफल पार्न चाहने पनि वताए ।

    अपराह्न एक प्रेस सम्मेलनमा नेतान्याहूले अमेरिकी राष्ट्रपति जो बिडेनलाई  समर्थनका लागि धन्यवाद दिए। अमेरिकी राजदूत हैदी अम्र यस हप्ता तेल अवीव आइपुगेका थिए।

    गाजामा आइतबार इजरायली सेनाको हमलामा भएको हताहतीको बारेमा जानकारी दिएको छ।

    स्वास्थ्य मन्त्रालयले हवाई हमलामा ३३ व्यक्तिको मृत्यु भएको जनाएको छ ।

    यसैबीच नेतान्याहूले गाजामा शनिबार जला भन्ने भवनमा इजरायली सेनाको आक्रमणलाई जायज ठहराए।

    उनले अमेरिकी न्यूज च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा भने  ‘त्यहाँ प्यालेस्टिनी आतंकवादी संगठनको गुप्तचर कार्यालय रहेको छ, जसले इजरायली नागरिकहरूमाथि आतंककारी हमला गर्ने योजना बनायो र हाम्रो लक्ष्य पूर्ण रूपमा सफल भयो । मिडिया संगठनहरूका कार्यालयहरू अलजजिरा  र एसोसिएटेड प्रेसलाई  भवन खाली गर्न एक घण्टा दिइएको थियो।’

    नेतान्याहूले  अमेरिकी अधिकारीहरुलाई यस हमला बारे सूचित गरिएको पुष्टि गरेका छन् । बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार