Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • निशेधाज्ञा : एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित २ जना पक्राउ

    निशेधाज्ञा : एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    सुनसरी। प्रहरीले निषेधाज्ञाको मौका छोपेर एम्बुलेन्समा गाँजा तस्करी गर्ने एम्बुलेन्स चालकसहित दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका-११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका-१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।



    जिल्लाको धरान उपमहानगरपालिका-२ स्थित सडकबाट को.१ च ५५५९ नम्बरको एम्वुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।



    धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्समा उक्त गाँजा सहित फेला पारेर पक्राउ गरेको हो ।

    उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरान सुनसरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार