Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एमाले स्थायी कमिटी बैठक आज पनि, कारवाही रोकेर आफूतिर बोलाउने ओलीको दाउ

    एमाले स्थायी कमिटी बैठक आज पनि, कारवाही रोकेर आफूतिर बोलाउने ओलीको दाउ

    अनलाइन नेपाल
  • बुधबार, १९ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

    बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।



    तामाङका अनुसार बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी छ । साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।



    यसअघि हिजो (मंगलबार) बसेको बैठकले पार्टी एकताका लागि जोड दिने र हदैसम्मको लचकता अपनाउने निर्णय गरेको थियो।

    यद्यपी एमाले एकता टरिसकेको निष्कर्षमा अध्यक्ष ओली र माधव नेपाल दुवै पुगिसकेका छन् । तर, यसअघि स्पष्टिकरण सोधिएका १२ जना नेतालाई कारवाही रोकेर ओली पक्षले उनीहरुलाई आफूतिर ल्याउने प्रयास गरिरहेको बुझिएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार