Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतसँगको साँठगाँठमा ओलीले मन्त्रीपरिषद् विस्तार गरेको नेपालको आरोप

    भारतसँगको साँठगाँठमा ओलीले मन्त्रीपरिषद् विस्तार गरेको नेपालको आरोप

    देशलाई टुक्राटुक्रा पार्ने र जातीय द्वन्द्व चर्काउने योजना

    अनलाइन नेपाल
  • शनिबार, २२ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट निष्कासित गरेका नेता माधवकुमार नेपालले छिमेकी मुलुक भारतसँगको साँठगाँठमै ओलीले मन्त्रीमण्डल विस्तार गरेको आरोप लगाएका छन् ।

    हिजो प्रधानमन्त्री ओलीले पुनर्गठित मन्त्रिमण्डलमा जनता समाजवादी पार्टी (जसपा) लाई ८ वटा मन्त्रालय सुम्पेका थिए भने दुई वटा राज्य मन्त्री पद दिएका थिए । सोहि विषयलाई लिएर नेता नेपालले आफ्नो सत्ता जोगाउन ओलीले जस्तोसुकै अवाञ्छित र स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिसँग मिल्ने गरेको आरोप लगाए ।



    आफुनिकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा उनले भने–‘केपी ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् । आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्छ । हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ ।’



    ‘भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । राजेन्द्र महतोको अभिव्यक्ति सुन्नु भयो होला ‘बहुराष्ट्रवाद, बहुराष्ट्रियता’ नेपाल अब जातिजातिको देशको रूपमा टुक्राटुक्रा पार्ने योजना हो, जातीय द्वन्द्व चर्काउने योजना हो । प्रतिक्रियावादीहरूले विचारलाई जात र धर्मले प्रतिस्थापन गर्न खोजिरहेका छन् ।’

    नेता नेपालले चुरे फाँडेर नेपाललाई मरुभूमि बनाएर इण्डियाको भलाइ गर्ने र आयोडिन नुनजस्तो सस्तोमा उपलब्ध हुने वस्तुलाई व्यापारीको जिम्मा लगाउनुले ओली दक्षिणपन्थीको चंगुलमा फसेको प्रष्ट भएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार