Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • युरोकप फुटबल : आज दुई खेलहरु हुँदै

    युरोकप फुटबल : आज दुई खेलहरु हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 2.9K
    SHARES

    एजेन्सी । जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।

    युरोकपको समूह चरणको अन्तिम खेल अन्तर्गत आज समूह ‘ए’ को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।



    रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ भने बाकुमा स्वीजरल्याण्ड र टर्कीबीचको खेल हुनेछ। दुवै टोलीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
    आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।



    इटालीले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

    वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ ।

    वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।

    यस्तै आजकै अर्को खेलमा स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो ।

    टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार