Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • कोपा अमेरिका : ब्राजिल र इक्वेडरले बराबरी खेले

    कोपा अमेरिका : ब्राजिल र इक्वेडरले बराबरी खेले

    अनलाइन नेपाल
  • सोमबार, १४ असार २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । ब्राजिल र इक्वेडर कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिल र इक्वेडरले एक एक गोलको बराबरी खेलेका हुन् । खेलमा ब्राजिलले सुरुवाती अग्रता जोगाउन सकेन ।

    खेलको ३७ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै बराबरी गरे । बराबरीसँगै समूह बी को ब्राजिल समूह विजेता बनेको छ ।



    ब्राजिलको ४ खेलमा १० अङ्क छ । समान चार खेलमा ३ अङ्क जोडेको इक्वेडर पनि चौथो स्थानमा छ ।



    यस्तै पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई १–० गोलले हराउँदै पेरु अन्तिम आठमा पुगेको हो ।

    पेरुका आन्द्रे कारिल्लोले खेलको ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार