Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्पेनलाई टाइब्रेकरमा हराउँदै इटली युरो कपको फाइनलमा

    स्पेनलाई टाइब्रेकरमा हराउँदै इटली युरो कपको फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २३ असार २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

    बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटली फाइनलमा प्रवेश गरेको हो । टाइब्रेकरमा स्पेन चार दुई गोलले पराजित भयो ।



    खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा एक एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ६० औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई एक एक गोलको बराबरीमा फर्काए । इटलीले सुरुवाती अग्रता जोगाउन सकेन।



    टाइब्रेकरमा इटलीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे । म्यानुएल लोकाटेलीले भने गोल गर्न सकेनन् । स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे । डानिल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन् ।

    यो जितसँगै इटली उपाधि नजिक पुगेको छ । अब इटलीले उपाधिका लागि इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । इङ्ग्ल्यान्ड र डेनमार्कको खेल आज राति पौने एक बजे वेम्बलीमा हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार