Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

    नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, २४ असार २०७८
  • 2K
    SHARES

    फाइल तस्विर

    चितवन । नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि अवरुद्ध भएको छ । बुधबार बिहान पहिरो पन्छाएर सडक खुलाइए पनि रातिदेखि फेरि सडक अवरुद्ध भएको हो ।

    सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिङ सडक खण्ड हुँदै आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्डमा दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने क्रम जारी छ ।



    सो सडक खण्डमा पर्ने चितवनको सेती दोभानमा पहिरो पन्छाउन समस्या भएको हो । पूर्व र पश्चिमलाई काठमाण्डौसम्म जोड्ने मुख्य यो सडकमा हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् ।



    नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ सडक खण्ड बन्द छन् । पहिरोले बन्द भएका सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार