Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोपा अमेरिका फुटबल : लियोनल मेसीलाई राष्ट्रिय टोलीबाट पहिलो उपाधि

    कोपा अमेरिका फुटबल : लियोनल मेसीलाई राष्ट्रिय टोलीबाट पहिलो उपाधि

    अनलाइन नेपाल
  • आइतबार, २७ असार २०७८
  • 1.5K
    SHARES

    काठमाडौं। २८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि हात पारेको हो ।

    आइतबार बिहान ब्राजिलको रियो दी जेनेरियास्थित माराकाना रंगशालामा भएको फाइनल खेलमामा २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।



    डी मारियाको गोल नै उपाधिको लागि निर्णायक बनेको छ । यो लियोनल मेसीका लागि अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधिसमेत हो ।  सन् २०१४ को विश्वकप तथा सन् २०१५ र ०१६ को कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याका मेसी उपाधिबाट चुकेका थिए ।



    मेसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार