Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कोरोनाको तेस्रो लहरबाट जोगिने तयारी थाल्न स्वास्थ्य मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री देउवाको निर्देशन

    कोरोनाको तेस्रो लहरबाट जोगिने तयारी थाल्न स्वास्थ्य मन्त्रालयका अधिकारीलाई प्रधानमन्त्री देउवाको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, ३ साउन २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरबाट जोगिन पूर्व तयारी थाल्न निर्देशन दिएका छन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवाले उक्त निर्देशन दिएका हुन्



    त्यसैगरी, देउवाले खोप खरिदलाई चुस्त रुपमा अघि बढाउनसमेत निर्देशन दिएको जनाएका छन्।



    ‘कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतलाई बोलाएर निर्देशन दिएको छु,’ प्रधानमन्त्री देउवाले भनेका छन्।

    यस्तै, प्रधानमन्त्री देउवाले परीक्षणको दायरा बढाउन र नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउने निर्देशन दिएका छन्। ‘कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परिक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, वेड र आईसीयूको प्रवन्ध गर्न पनि निर्देशन गरेको छु,’ देउवाले भनेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार