Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • रक्षा बन्धनमा सेलपेको आकर्षक अफर, यस्ता छन् नयाँ विशेषता

    रक्षा बन्धनमा सेलपेको आकर्षक अफर, यस्ता छन् नयाँ विशेषता

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि.को (सेलपे सेवा)ले आफ्ना ग्राहकहरुको लागि रक्षा बन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ ।

    यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले CellPay Kart बाट ५००० वा त्यो भन्दा बढीको सामान खरिद गरेमा रु ५०० cashback पाउनेछन् । यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागु हुने छ ।



    सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।



    सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ५००००० मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले CellPay Kart सेवामार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नेछन्।

    सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार