Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कर्णालीका मन्त्री शाहीले एक महिलालाई बलात्कार गरेको आरोप

    कर्णालीका मन्त्री शाहीले एक महिलालाई बलात्कार गरेको आरोप

    अनलाइन नेपाल
  • सोमबार, ७ भाद्र २०७८
  • 3.8K
    SHARES

    कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।

    ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’



    प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार